Kathmandu Press

१८ अर्बको टेन्डरमा सांसदको प्रश्नै प्रश्न   

काठमाडौं, माघ १३ः नेपाल टेलिकमले फोर जी सेवा विस्तार गर्ने भन्दै अघि बढाएको टेन्डर प्रक्रियामाथि सांसदहरूले प्रश्न उठाएका छन् । 

आइतबार संसद्को अर्थ समि....

१८ अर्बको टेन्डरमा सांसदको प्रश्नै प्रश्न   

काठमाडौं, माघ १३ः नेपाल टेलिकमले फोर जी सेवा विस्तार गर्ने भन्दै अघि बढाएको टेन्डर प्रक्रियामाथि सांसदहरूले प्रश्न उठाएका छन् । 

आइतबार संसद्को अर्थ समितिको बैठकमा सांसदहरूले २/४ अर्बमै सकिने कामलाई १८ अर्ब खर्चिएर नयाँ परियोजना अघि बढाइनुको कारण पुष्टि नभएको बताएका हुन् । 

समितिमा आफ्नो धारण राख्दै सांसद रामकुमारी झाँक्रीले टेन्डर प्रक्रियामा धेरै आशंका रहेको बताइन् । “निजी सेवा प्रदायकले सोही काम गर्न ४ अर्बमा सक्ने, तर टेलिकमले १८ अर्ब खर्च गर्ने ? यो कसरी पुष्टि हुन्छ ?”, झाँक्रीले भनिन् । 

बजार निजीले लिइसकेको टेलिकमले फोर जी ल्याउँदा विश्व बजारमा फाइभ जी आइसक्ने झाँक्रीको बुझाई छ । त्यस्तै, सत्तारुढ सांसद मेटमणि चौधरीले पनि टेलिकमको यो परियोजना पारदर्शी नभएको आरोप लगाएका छन् ।  अहिलेकै प्रविधिमा स्तरोन्नति गर्दा हुने काममा अरबौं खर्च गर्नु सही नियत नभएको उनको भनाइ छ । 

यता प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भने परियोजना रोक्नेतिर सांसदले कुनै पनि कदम चाल्न नहुने बताए ।

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, माघ १३, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्