Kathmandu Press

उपत्यकामा राति ९ देखि विहान ९ बजेसम्म वर्कसप खुल्ने

काठमाडौं, जेठ १९ : उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने विहान ९ बजेसम्म वर्कसप खुल्ने भएका छन् ।उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले...
उपत्यकामा राति ९ देखि विहान ९ बजेसम्म वर्कसप खुल्ने

काठमाडौं, जेठ १९ : उपत्यकामा सवारी साधन मर्मतसम्भार गर्ने विहान ९ बजेसम्म वर्कसप खुल्ने भएका छन् ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वर्कसप राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेका हुन् । यसअघि उपत्यकामा वर्कसप बन्द गरिएको थियो ।

त्यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, डिपार्टमेन्टल स्टोर विहान ९ बजेसम्म खुल्ने भएको छ । ढुवानीका साधन राति ९ बजेदेखि विहान ९ बजेसम्म सञ्चालन हुन पाउनेछन् ।

काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

प्रकाशित मिति: १९:३९ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्