Kathmandu Press

३१ जेठसम्म यातायातका साधन नखुल्ने (निषेधाज्ञाको पूर्णपाठ)

जेठ ३१ गतेसम्म अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधान, विरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, सुरक्षा निकयाले प्रयोग सवारी साधान मात्र चलाउन पाइने छ।
३१ जेठसम्म यातायातका साधन नखुल्ने (निषेधाज्ञाको पूर्णपाठ)

काठमाडौं, जेठ १९ : काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म यातायातका साधन नखुल्ने भएको छ । जारी निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याइएपछि सर्वाजनिक तथा निजी यातायातका साधन नखुल्ने भएको हो।

बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा ११ दिन थप्दै जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

यो अवधिमा अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधान, विरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, सुरक्षा निकयाले प्रयोग सवारी साधान मात्र चलाउन पाइने छ। यस्तै, खानेपानी, विद्युत मर्मत सम्भार, दुरसञ्चार, इन्टरनेट मर्मत, कार्गो कुरियरलगाउतका सधान पनि चलाउन पाइने छ। निर्माण सामग्री बोकेका सवारी साधन राति ९ बजेदेखि बिहान ४ बजेसम्म चलाउन पाइन् छ।

यस्तै, उपत्यकाभित्रका खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न पाइने छ। माक्स, सेनिटाइजर उत्पादन गर्ने कारखाना, सरकारी छापाखाना राति ९ बजेदेनि बिहान ९ बजेसम्म सीमित जनशक्ति प्रयोग गरी खेल्न पाइने छ ।

प्रकाशित मिति: १६:२१ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्