विदेशबाट फर्किने हवाई यात्रुलाई क्वारेन्टिनमा राख्न ७८ होटल सूचीकृत (सूचीसहित)
काठमाडौं, जेठ १९ : विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्न सातवटा पाँचतारेसहित ७८ वटा होटललाई सूचीकृत गरेको छ।बस्न पर्यटन विभागले स्वदेश फर्किएहरू कोरोना संक्रमित हुन...
काठमाडौं, जेठ १९ : विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्न सातवटा पाँचतारेसहित ७८ वटा होटललाई सूचीकृत गरेको छ।
पर्यटन विभागले स्वदेश फर्किएकाहरु कोरोना संक्रमित हुन सक्ने आँकलन गर्दै उनीहरूका माध्यमले समुदायमा संक्रमण नफैलियोस् भनेर क्वारेन्टिनका लागि होटलको सूची सार्वजनिक गरेको हो। त्यसका लागि विभागले न्यूनतम मापदण्ड पनि तोकिदिएको छ।
कम्तीमा २० कोठा भएको होटललाई क्वारेन्टिनका रुपमा तोकिएको जनाइएको छ। नेपाल प्रवेश अनुमतिका लागि खाडीमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई पाँच दिन र अन्य अवस्थामा फर्कने नेपाली तथा विदेशीलाई १० दिन होटल बुकिङ प्रमाण देखाउनुपर्ने नियम सरकारले बनाएको छ।
विभागद्वारा सार्वजनिक सूचीमा समेटिएका होटललाई मात्र यात्रुले क्वारेन्टिनका लागि बुक गर्न सक्ने बताइएको छ।
विभागले यसअघि भारतबाट आउने यात्रु राख्न १० होटल तोकेको थियो । त्यसैमा ६८ वटा थप गरेर ७८ वटा होटलका नाम क्वारेन्टिनका रुपमा सार्वजनिक गरेको हो। ठमेल, सुन्धारा, कलंकी क्षेत्रका होटललाई भने क्वारेन्टिन नबनाउने नीति सरकारले लिएको छ।
पहिलो चरणमा टर्की, कतार, चीन र भारतमा नियमित हवाई उडान सञ्चालनमा ल्याएसँगै विदेशबाट आउनेहरू हुने र उनीहरूका लागि क्वारेन्टिन आवश्यक पर्ने भएकाले सरकारले सूची सार्वजनिक गरेको हो।
विभागद्वारा क्वारेन्टिनका लागि तोकिएका होटलहरू काठमाडौंका सांग्रिला, र्याडिसन, याक एन्ड यती, हायात रिजेन्सी, सोल्टी, अलफ्ट र एभरेस्ट होटल गरी सातवटा पाँचतारे छन्।
चारतारेमा शंकर र होटल हिमालय सूचीकृत भएका छन् । तीनतारेमा समिट होटल, अमादब्लम होटल, साम्बाला, ले हिमालय, प्लाटिनम, ट्रेडिसनल कम्फर्ट र ल्यान्डमार्क छन् । यसबाहेक पर्यटन स्तरका होटल र दुई रिसोर्ट छन् ।
तारे होटलले आफैं शुल्क तोक्ने पाउने भए पनि अरूका लागि भने दिनको ३ हजार रुपैयाँ निर्घारण गरिएको छ। जसभित्र बिहानको खाजा, खाना, दिउँसोको खाजा र साँझको खानासमेत पर्छ।
हेर्नुहोस् सूची :

















