Kathmandu Press

सहकर्मी कुट्ने प्रहरीलाई कारबाही माग गर्दै कोसी अस्पतालका स्वास्थ्यकर्मीको प्रदर्शन

सहकर्मी कुट्ने प्रहरीलाई कारबाही माग गर्दै कोसी अस्पतालका स्वास्थ्यकर्मीको प्रदर्शन

विराटनगर, जेठ १९ : आफ्ना सहकर्मीमाथि हातपात गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै कोसी अस्पतालकास्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन्। मंगलबार राति साढे ९ बजे अस्पतालबाट घर फर्कंदै गर्दा सिनियर अहेब अशोक राजवंशीलाई प्रहरीले कुटपिट गरेको अस्पातालले जनाएको छ।

ड्युटी सकेर परिचयपत्र झुन्ड्याएर मोटरसाइलमा घर जाँदै गर्दा विराटनगरको देवकोटा चोकमा दुई प्रहरीले उनीमाथि कुटपिट गरेको अस्पतालको भनाइ छ। कुटपिटका कारण राजवंशीको दाहिने गोडामा चोट लागेको बताइएको छ। 

कुटपिटको विरोधमा नेपाल चिकित्सक संघ कोसीको अगुवाइमा आज (बुधबार) स्वास्थ्यकर्मी अस्पताल परिसरमै प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका हुन्। कोरोना महामारीको पर्वाह नगरी दिनरात विरामी उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग उनीहरूले राखेका छन्।

निषेधाज्ञा कार्यान्वयन गराउने सन्दर्भमा खटिएका प्रहरीबाट स्वास्थ्यकर्मीमाथि हातपात भएको विषयबारे छानबिन गर्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित मिति: १४:२६ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्