Kathmandu Press

ढिस्को खसेर पुरिँदा चन्द्रागिरिमा दुईको मृत्यु्, घाइते दुईको अवस्था गम्भीर

काठमाडौं, जेठ १९ : काठमाडौंको चन्द्रागिरी–१३ स्थित पुरानो नैकापमा ढिस्को खसेर पुरिँदा बुधबार दुईजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्।महानगरीय प्रहरी वृत्त...
ढिस्को खसेर पुरिँदा चन्द्रागिरिमा दुईको मृत्यु्, घाइते दुईको अवस्था गम्भीर

काठमाडौं, जेठ १९ : काठमाडौंको चन्द्रागिरी–१३ स्थित पुरानो नैकापमा ढिस्को खसेर पुरिँदा बुधबार दुईजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्।

महानगरीय प्रहरी वृत्त थानकोटका अनुसा मृत्यु हुनेमा उदयपुर बेलुवा–८ की ३५ वर्षीया सीता राई र मकवानपुर राक्सिङ–९ का २० वर्षीय टेकबहादुर चेपाङ छन्।

घाइते हुनेमा उदयपुर कटारी घर भएका २१ वर्षीय मिलन तामाङ र धादिङ गल्छी घर भएका १८ वर्षीय हरि घले हुन्। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

पर्खाल लाउने क्रममा ढिस्को खसेको जनाइएको छ। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:५३ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्