Kathmandu Press

उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थप गर्ने निर्णय

काठमाडौं, जेठ १९ : काठमाडौं उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूले बुधबार निषेधाज्ञा लम्ब्याउने...
उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थप गर्ने निर्णय

काठमाडौं, जेठ १९ : काठमाडौं उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बुधबार बसेको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौला मंगलबार निषेधाज्ञा तत्काल खुला गर्ने अवस्था नरहेको निष्कर्ष निकालेका थिए।

उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा लगाइएको थियो। त्यही निषेधाज्ञालाई थप गर्दै ल्याइएको छ। जेठ १४ गतेयताको निषेधाज्ञा थप कडा पार्दै खाद्यान्न पसल, किराना पसल तथा डिपार्टमेन्ट स्टोर पनि खोल्न दिइएको थिएन।

जेठ २२ बाट थपिने निषेधाज्ञामा खाद्यान्न पसल, किराना पसल र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खुला गर्ने खोल्न दिने निर्णय गरिएको काठमाडौं प्रशासनले बताएको छ। बैठकले सार्वजनिक निर्माण पनि खुलाउन दिने निर्णय गरेको छ।

बैठकले निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न दिने निर्णय पनि गरेको छ। आगामी असारबाट भने निषेधाज्ञा खुकुलो बनाउँदै लगिने जनाइएको छ।

प्रकाशित मिति: १३:३७ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्