Kathmandu Press

काठमाडौंमा निषेधाज्ञा थप्ने तयारी, आज निर्णय हुँदै

काठमाडौं, जेठ १९ : कोरोना भाइरस नियन्त्रणका लागि काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्न लागिएको छ। आज यसबारे निर्णय गरिने भएको छ। आज दिउसो बस्ने काठमाडौं,...
काठमाडौंमा निषेधाज्ञा थप्ने तयारी, आज निर्णय हुँदै

काठमाडौं, जेठ १९ : कोरोना भाइरस नियन्त्रणका लागि काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्न लागिएको छ। आज यसबारे निर्णय गरिने भएको छ। 

आज दिउसो बस्ने काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्न लागेको जनाएको छ। कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा थपिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए। 

मंगलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेको थियो। बैठकले कोरोना नियन्त्रणका लागि अझै निषेधाज्ञा थप्ने निष्कर्ष निकालेको हो। काठमाडौंमा कोरोना संक्रमण केही घटेपछि जोखिम उत्तिक्कै रहेकाले निषेधाज्ञा थप्ने उनीहरूको निष्कर्ष थियो। 

गत वैशाख १६ गतेदेखि काठमाडौंमा निषेधाज्ञा जारी रहेको थियो। पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि सकिँदै छ।

त्यसैले आज बैठक बसेर निषेधाज्ञा थप्ने निर्णय गर्न लागिएको हो। यो महिनाभरी निषेधाज्ञा थपिन सक्ने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए। 

यस पटकको निषेधाज्ञा केही खुकुलो हुने जनाएको छ। बिहान १० बजेसम्म खाद्यान्न पसल खोल्न दिइने तयारी रहेको छ। यसअघि खाद्यान्न पसल खोल्न दिइएको थिएन भने तरकारी, दूध पसलमा मात्रै बिान १० बजेसम्म खुल्ने गरेका थिए। 

प्रकाशित मिति: ०८:१६ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्