Kathmandu Press

स्वास्थ्य संस्थालाई मूल्यसूची सार्वजनिक गर्न निर्देशन

काठमाडौं, जेठ १९ : अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्राप्त हुने सेवाको प्रकार, लागत रकमको शीर्षकसहितको मूल्यसूची सार्वजनिक गर्न सरकारले निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या...
स्वास्थ्य संस्थालाई मूल्यसूची सार्वजनिक गर्न निर्देशन

काठमाडौं, जेठ १९ : अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्राप्त हुने सेवाको प्रकार, लागत रकमको शीर्षकसहितको मूल्यसूची सार्वजनिक गर्न सरकारले निर्देशन दिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरी सबै सरकारी, निजी, तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र मूल्यसूची वेबसाइट तथा सूचना पाटीमा राख्न निर्देशन दिएको छ। त्यसको जानकारी स्वास्थ्य संस्था इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकायसमक्ष पठाउन पनि मन्त्रालयले निर्देशन दिएको हो।

कोरोना भाइरसको महामारीमा कतिपय स्वास्थ्य संस्थाले चर्को शुल्क लिएको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले मूल्यसूची राख्न निर्देशन दिएको छ। कतिपय संस्थाले चर्को शुल्क असुल उपर गरेको, बिरामीका लागि अत्यावश्यक अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक व्ययभार बढाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

त्यस्तै, उपचारको लागि आवश्यक पर्ने सामग्रीहरुको बन्दोबस्त गर्न बिरामी आफैंलाई लगाउने गरेको, आवश्यकताभन्दा बढी औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न लगाएको गुनासो आएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: ०६:५४ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्