Kathmandu Press

‘एक्लो हुनुहुन्न, हामी साथमा छौं’ भन्दै स्वास्थ्यकर्मीलाई पौष्टिक आहार

काठमाडौं, जेठ १९ : मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर)ले विभिन्न सरकारी अस्पतालमा कोरोना उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगी कर्मचारीलाई दैनिक...
‘एक्लो हुनुहुन्न, हामी साथमा छौं’ भन्दै स्वास्थ्यकर्मीलाई पौष्टिक आहार

काठमाडौं, जेठ १९ : मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर)ले विभिन्न सरकारी अस्पतालमा कोरोना उपचारमा सम्लग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगी कर्मचारीलाई दैनिक पौष्टिक आहार खुवाउँदै आएको छ। 

समूहले शरीरमा शक्ति आर्जन हुने दैनिक बिहान दुध, केरा, चना, आलु खीर बिस्कुट, पाउरोटी र लोकल अण्डाजस्ता पौष्टिक आहार ख्वाउने अभियान चलाएको छ।

जोखिमयुक्त काममा लगातार खट्नुपर्ने अग्रमोर्चाका करीब चार सय व्यक्तिलाई समूहले आफैले पकाएको तातो पौष्टिक खानेकुरा सम्बन्धित कार्यक्षेत्रमा दैनिकरुपमा निःशुल्क उपलब्ध गर्दै आएको छ। 

गत वैशाख २६ गतेदेखि काठमाडौंको वीर अस्पताल, कान्तिबाल अस्पताल, प्रसूति गृह, ओम अस्पताल, नेपालगञ्जको भेरी अञ्चल अस्पताल, स्वाथ्य चौकीका स्वास्स्थ्यकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिएका सहयोगी कर्मचारीलाई यो सेवा दिइरहेको समूहका कार्यक्रम प्रबन्धक राजिन रायमाझीले जानकारी दिए। 

यो समूहको सक्रियतामा चन्द्रागिरी नगरपालिकाभित्रका चार आइसोलेशन सेन्टरमा रहेका दैनिक बिहानको नास्ता र पौष्टिक आहार पनि प्रदान हुँदै आएको छ। ‘हजुरहरू एक्लो हुनुहुन्न, हामी साथमा छौं, आफू पनि बाँचौ अरूलाई पनि बचाऔं,’ नाराका साथ समूहले ताजा र सन्तुलित भोजन उपलब्ध गराएको हो। (रासस)

प्रकाशित मिति: ०६:३५ बजे, बुधबार, जेठ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्