हिमाली जिल्ला मुगुमा पहिलोपटक कोरोनाबाट एकको मृत्यु
मुगु, जेठ १९ : कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक हिमाली जिल्ला मुगुमा एक वृद्धाको मृत्यु भएको छ।छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुषको मृत्यु भएको...
मुगु, जेठ १९ : कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक हिमाली जिल्ला मुगुमा एक वृद्धाको मृत्यु भएको छ।
छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए।
उनकाअनुसार ती बृद्धालाई अस्पताल ल्याउने क्रममास् आज बाटोमा नै निधन भएको थियो।
एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पतालमा जान नमानि घरमा नै रही जडिबुटी सेवन गरेको बताइएको छ।
बृद्धाको मृत्युपछि गरिएको एन्टिजिन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए।
गत वैशाखदेखि जिल्लामा संक्रमित सङ्ख्या वृद्धि भए पनि मृत्यु भएको थिएन। हालसम्म २९४ संक्रमित छन्। (रासस)
प्रकाशित मिति: ०६:१९ बजे, बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











