Kathmandu Press

जेठ २५ देखि ६०–६४ वर्षका नागरिकलाई कोभिड खोप दिइने 

काठमाडौं, जेठ १८ : सरकारले आउँदो जेठ २५ गतेदेखि ६० बर्ष देखि ६४ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरुलाई कोभिड १९ विरुद्धको खोप दिने भएको...
जेठ २५ देखि ६०–६४ वर्षका नागरिकलाई कोभिड खोप दिइने 

काठमाडौं, जेठ १८ : सरकारले आउँदो जेठ २५ गतेदेखि ६० बर्ष देखि ६४ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरुलाई कोभिड १९ विरुद्धको खोप दिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप जेठ २५ गतेदेखि लगाउने निर्णय गरेको हो । मन्त्रालयले आज एक सुचना जारी गर्दै नेपालभरका ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई खोप लगाइने जानकारी दिएको हो ।

खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजपत्र वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जानुपर्ने सुचनामा उल्लेख छ ।

मन्त्रालयले यसपटक खोपको दोस्रो मात्रा सुनिश्चत गरेर पहिलो डोज दिन लागेको बताएको छ । चीन सरकारले नेपाललाई अनुदानमा दिएको १० लाख डोज खोपमध्ये ९ लाख आज मात्र नेपाल आईसकेको छ । 

प्रकाशित मिति: २०:४० बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्