अपडेट : पसल खोल्न दिएर उपत्यकामा निषेधाज्ञा थप्नुपर्ने तीन सीडीओको निर्णय
काठमाडौं, जेठ १८ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी गरिएको छ । निषेध गरिएका केही प्रावधान हटाएर एक साता...
काठमाडौं, जेठ १८ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी गरिएको छ । निषेध गरिएका केही प्रावधान हटाएर एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच मंगलबार यसबारे छलफल भएको हो । यद्यपी, अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिने पनि भनेको छ ।
यस्तै विकास निर्माणको काममा सम्बन्धित निकायले थोरै कर्मचारी राखेर काम गर्न पाइने बिषयमा पनि छलफल भएको छ । अरु सबै क्षेत्रमा भने पहिला जस्तो नै रोक लगाइने बुझिएको छ ।
पछिल्लो पटक थपिएको जारी निषेधाज्ञा २० गते सकिँदै छ।
प्रकाशित मिति: १८:४९ बजे, मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











