Kathmandu Press

चीन सरकारले अनुदान दिएको थप नौ लाख मात्रा खोप नेपाल आइपुग्यो 

काठमाडौं, जेठ १८ : नेपाललाई अनुदान स्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ । दश लाख खोपका मात्रामध्ये...
चीन सरकारले अनुदान दिएको थप नौ लाख मात्रा खोप नेपाल आइपुग्यो 

काठमाडौं, जेठ १८ : नेपाललाई अनुदान स्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ । दश लाख खोपका मात्रामध्ये आज नौ लाख मात्रा नेपाल ल्याइएको हो ।

हिमालय एयरलाइन्सबाट एक लाख  र नेपाल वायुसेवा निगमको जहाजमार्फत आठ लाख मात्रा खोप ल्याइएको होे ।  निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको एयरबस–३३० (वाइडबडी) ले आठ लाख मात्रा खोप ल्याएको जानकारी दिए।

उनका अनुसार उक्त खोप लिन सोमबार राति वाइडबडी जहाज चीनको राजधानी बेइजिङ उडेको थियो  । बाँकी एक लाख डोज खोप लिन बुधबार हिमालय एयरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ ।

एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत  ती दुई लाख मात्रा खोप निः शुल्क ल्याइने जनाएको छ । 

प्रकाशित मिति: १८:३४ बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्