Kathmandu Press

विवेकशील साझाले थापाको निधनप्रति उनको जीवन र विचार विषयमा बहस चलाउने

विवेकशील साझाले थापाको निधनप्रति उनको जीवन र विचार विषयमा बहस चलाउने

काठमाडौं, जेठ १८ : विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनप्रति विवेकशील साझा पार्टी  दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

विवेकशील साझा पार्टीका  अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले एक बिज्ञप्ति जारी गर्दै पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको जानकारी दिएका हुन् । विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले पूर्व संयोजक थापाको निधनमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

यस्तै, बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको छ। साथै, सोही बिचमा पार्टीमा उज्वल थापाको जीवन र विचार विषयमा छलफल र बहस चलाउने निर्णय पनि गरेको छ।

नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको उसको ठहर छ । दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४ः२५ बजे निधन भएको थियो । 

प्रकाशित मिति: १८:२० बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्