Kathmandu Press

६०८५ जनालाई कोरोना, ६८ को मृत्यु 

पछिल्लो २४ घण्टामा ६०८५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भने ६८ जनाको मृत्यु भएको छ ।
६०८५ जनालाई कोरोना, ६८ को मृत्यु 


काठमाडौं, जेठ १८ : पछिल्लो २४ घण्टामा  ६०८५ जना  कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, कोरोना संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काेराेना संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर कोरोनाबाटमृत्यु हुनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ। 

यस्तै, कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ। हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन्। 

प्रकाशित मिति: १७:१० बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्