Kathmandu Press

महन्थ–राजेन्द्र समूहले पनि निष्कासित गर्यो यादवलाई

काठमाडौं, जेठ १८ : जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले उपेन्द्र यादवलाई कारबाही गरेको छ । जसपाका संघीय परिषद अध्यक्ष...
महन्थ–राजेन्द्र समूहले पनि निष्कासित गर्यो यादवलाई

काठमाडौं, जेठ १८ : जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले उपेन्द्र यादवलाई कारबाही गरेको छ । 

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता महतो, नेताहरु सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई ‍लाई पार्टीबाट निष्कासन गरेलगत्तै यादवलाई ठाकुर पक्षले कारबाही गरेको हो । 

ललितपुर बालकुमारीस्थित पार्टी कार्यालय मंगलबार सम्पन्न केन्द्रीय कार्यकारिणी समिति बैठकमा अध्यक्ष ठाकुर र महतोलगाएत चार जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरिएको र त्यसबारे निर्वाचन आयोगलाई पनि पत्राचार गरिएको भट्टराई र  उपेन्द्र यादव पक्षले बताएको थियो । 

आफूहरूमाथि कारबाही गरेलगत्तै ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट नष्कासन गरेको छ।

प्रकाशित मिति: १६:२९ बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्