Kathmandu Press

चीनले दिएको ८ लाख डोज कोरोना खोप आइपुग्यो

काठमाडौं, जेठ १८ : चीनले अनुदानमा दिएको कोरोनाविरूद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। चीनले अनुदानमा दिएको १० लाख डोज भोरेसिल खोपमध्ये...
चीनले दिएको ८ लाख डोज कोरोना खोप आइपुग्यो

काठमाडौं, जेठ १८ : चीनले अनुदानमा दिएको कोरोनाविरूद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ। चीनले अनुदानमा दिएको १० लाख डोज भोरेसिल खोपमध्ये ८ लाख डोज खोप आज नेपाल आइपुगेको हो । 

सोमबार चीन प्रस्थान गरेको नेपाल एयरलाइन्सको जहाज आज खोप बोकेर काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्ने र युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय एयरलाइन्सले निःशुल्क नेपाल ल्याइदिने भएको छ।

गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए। यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमै दिएको थियो।

यसअघि चीनबाट ल्याइएको ८ लाख डोज खोप १८ वर्ष उमेर समूहका मानिसलाई लगाइएको थियो। 


 

प्रकाशित मिति: १५:१० बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्