संवैधानिक इजलासमा बस्ने र छाड्ने चार न्यायाधीशले के भने ? (पूर्णपाठसहित)
अन्ततः अहिलेको इजलास विघटन गरेर वरिष्ठताका आधारमा अर्को इजलास गठन गर्ने निर्णय प्रधानन्यायाधीश राणाले सुनाए । त्यसक्रममा इजलासबाट नबाहिरिने र उनीहरूसँगै इजलासमा बस्न नसकिने भन्दै बाहिरिने निर्णय लिएका चार न्यायाधीशले दिएको राय यस्तो छ :
काठमाडौं, जेठ १८ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पाँच सदस्यीय संवैधानिक इजलास गठन गरे । तर, त्यसमा इजलासका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजकुमार केसीमाथि रिट निवेदक पक्षका वकिलहरूले प्रश्न उठाए ।
संवैधानिक इजलासका लागि रोस्टर तोकिएका न्यायाधीशहरूले दुवैजनालाई इजलासबाट बाहिरिन सुझाव दिए । तर, उनीहरूले मानेनन् ।
त्यसपछि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपककुमार कार्कीले प्रश्न उठेका न्यायाधीशहरूसँग एउटै इजलासमा बस्न नसकिने उल्लेख गर्दै बाहिरिने निर्णय लिए ।