Kathmandu Press

पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने एमालेको निर्णय

काठमाडौं, जेठ १८ : नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले पार्टी एकता बचाउन...
पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने एमालेको निर्णय

काठमाडौं, जेठ १८ : नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको हो । 

पार्टीको आन्तरिक एकताका लागि भइरहेका प्रयासबारे छलफल र एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने निर्णय भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए । 

बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनको समेत बैठकमा समीक्षा भएको उनले बताए । बैठकमा स्पष्टिकरण सोधेका १२ जना नेतालाई कारवाहीबारे कुनै छलफल नै नभएको र अर्को पाटोबाट वार्ता चलिरहेको उनको भनाइ थियो । 

प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्