प्रधानन्यायाधीश राणाले विघटन गरे संवैधानिक इजलास, २३ जेठमा अर्को इजलास गठन हुने
काठमाडौं, जेठ १८ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास विघटन गरेका छन्। २३ जेठमा वरिष्ठताका आधारमा अर्को इजलास गठन हुने जानकारी उनले आजको इजलासमा दिएका छन्।
काठमाडौं, जेठ १८ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास विघटन गरेका छन्। २३ जेठमा वरिष्ठताका आधारमा अर्को इजलास गठन हुने जानकारी उनले आजको इजलासमा दिएका छन्।
संवैधानिक इजलासमा संसद विघटनको मुद्दा हेरिरहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछाड्ने बताएपछि न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कार्कीले इजलासमा नबस्ने निर्णय गरेका छन्।
सोही कारण इजलास नै विघटन गरिएको हो । मंगलबार नै वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीश सहमत भएका थिए ।
प्रधानन्यायाधीश राणाले जेठ १४ गते प्रधानन्यायाधीश राणाले आफूसहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास गठन गरेका थिए।
रिट निवेदकतर्फका वकिलले न्यायाधीश केसी र श्रेष्ठ इजलासमा बस्न नमिल्ने कुरा उठाएपछि संवैधानिक इजलास विवादमा परेको छ।
अब इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दिपककुमार कार्की, मिरा खड्का, विश्वम्भर प्रसाद श्रेष्ठ र ईश्वर खतीवडा हुने सम्भावना बलियो छ । वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्की यस अघि अलग भएका कारण फेरि बस्न नैतिकताले पनि मिल्दैन ।











