Kathmandu Press

वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीश राणा र सर्वोच्च बारबीच सहमति

वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सहमत भएको सर्वोच्च अदालत बार एसोसिएनले जानकारी दिएको छ ।
वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीश राणा र सर्वोच्च बारबीच सहमति

काठमाडौं, जेठ १८ : वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सहमत भएको सर्वोच्च अदालत बार एसोसिएनले जानकारी दिएको छ ।

मंगलबार बिहान ११ बजे सर्वोच्च अदालत बारका प्रतिनिधिसँग भएको भेटमा प्रधानन्यायाधीश राणाले यस्तो सहमति जनाएका हुन् । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यका अनुसार त्यसका लागि आफूले सर्वोच्च अदालतको कार्यसञ्चालन नियमावली परिवर्तन गर्ने जानकारी प्रधानन्यायाधीश राणाले दिएका हुन्। 

‘कार्यसञ्चालन नियमावली परिमार्जन गरेर वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने कुरामा सम्मानीय ज्यु सहमत हुनुभएको छ,’ सर्वोच्च बार अध्यक्ष शाक्यले संवाददाताहरूसँग भने, ‘उहाँले एक साताभित्रै नियमावली परिमार्जन गर्ने पनि बताउनुभएको छ।’
 

प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्