संवैधानिक इजलासमा न्यायाधीश विवादबारे सुझाव दिँदै सर्वोच्च बार
काठमाडौं, जेठ १८ : संवैधानिक इजलास विवादरहित बनाउन सर्वोच्च बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सुझाव दिने भएको छ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन विरुदमा परेको...काठमाडौं, जेठ १८ : संवैधानिक इजलास विवादरहित बनाउन सर्वोच्च बारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सुझाव दिने भएको छ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन विरुदमा परेको रिटको सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलासका न्यायाधीशबारे प्रश्न उठेपछि मंगलबार सर्वोच्च बारका पदाधिकारीले प्रधानन्यायाधीश राणालाई भेटेरै सुझाव दिन लागेका हुन्।
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरेसहित पदाधिकारीले अहिले प्रधानन्यायाधीश राणासँग भेटघाटमा रहेको बताइएको छ।
प्रधानन्यायाधीश राणाले जेठ १४ गते प्रधानन्यायाधीश राणाले आफूसहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास गठन गरेका थिए।
रिट निवेदकतर्फका वकिलले न्यायाधीश केसी र श्रेष्ठ इजलासमा बस्न नमिल्ने कुरा उठाएपछि उक्त संवैधानिक इजालास विवादमा परेको छ। त्यस्तै प्रधानमन्त्रीले अधिवक्तामाथि दिएकको अभिव्यक्तिले यो विषय थप जटिल र पेचिलो बनेको छ।











