प्रधानमन्त्रीप्रति विश्वप्रकाश शर्माको कटाक्ष–समस्या कालो कोटमा होइन, कालो सोचमा छ
काठमाडौं, जेठ १८ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको बताएका छन्।संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे निष्पक्षतामा प्रश्न उठिरहेका बेला...
काठमाडौं, जेठ १८ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको बताएका छन्।
संवैधानिक इजलासमा रहेका न्यायाधीशकाे निष्पक्षतामा प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी ओलीले गरेको टिप्पणीलाई लिएर शर्माले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको बताएका हुन्।
‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको ‘भावनात्मक उत्तेजना’ सदैव निन्दनीय हुन्छ।’
उनले प्रधानमन्त्री ओलीलाई कटाक्षसमेत गरेका छन् ।
‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनीतिक दर्शन चैँ दिव्यज्ञान ? प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ। देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब,’ उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्याउँदैछन् भन्ने टिप्पणी गरेका थिए।











