कोरोनाका नयाँ भेरियन्टलाई दिइयो अलग नाम
काठमाडौं, जेठ १८ : कोरोना भाइरसका नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले अलग नाम दिएको छ। संसारका बिभिन्न मुलुकमा फेला परेका नयाँ भरियन्टलाई विश्व स्वास्थ्य संगठनले...
काठमाडौं, जेठ १८ : कोरोना भाइरसका नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले अलग नाम दिएको छ।
संसारका बिभिन्न मुलुकमा फेला परेका नयाँ भरियन्टलाई विश्व स्वास्थ्य संगठनले अलग नाम दिएको हो। बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्टलाई ‘डेल्टा’ नाम दिएको छ।
त्यस्तै, भारतमै फेला परेको अर्को भेरियन्टलाई ‘कप्पा’ नाम दिइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
भारतमा भेटिएका दुवै भेरियन्ट नेपालमा पनि पुष्टि भएका छन्। ति दुवै भेरियन्टलाई नेपालमा पनि डेल्टा र कप्पा भनिनेछ।
भारतमा भेटिएको डेल्टा भेरियन्ट संसारका विभिन्न देशमा फैलिएको छ। अहिलेसम्म नेपालसहित ५० देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
कोरोना भाइरसको भेरियन्टको नाम राख्न ग्रिक शब्दहरूको प्रयोग गरिएको हो। यसले नाममा सहजीकरण र भ्रम अन्त्य हुने विश्वास गरिएको छ।











