नेपाल एयरलाइन्सले आज चीनबाट खोप ल्याउँदै
काठमाडौं, जेठ १८ : नेपाल एयरलाइन्सले आज चीनबाट कोरोना विरुद्धको खोप ल्याउन लागेको छ। आइतबार चीन प्रस्थान गरेको नेपाल एयरलाइन्सको जहाज आज खोप बोकेर काठमाडौं...
काठमाडौं, जेठ १८ : नेपाल एयरलाइन्सले आज चीनबाट कोरोना विरुद्धको खोप ल्याउन लागेको छ।
आइतबार चीन प्रस्थान गरेको नेपाल एयरलाइन्सको जहाज आज खोप बोकेर काठमाडौं फर्किन लागेको छ। नेपाल वायु सेवा निगमका अनुसार दिउसो २ बजे नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछ।
चीनले नेपाललाई १० लाख डोज भेरोसिल खोप दिएको छ। त्यसमध्ये आठ लाख डोज खोप आज ल्याउन लागिएको हो।
त्यस्तै, तिब्बत सरकारले दिएको एक लाख खोप पनि आजै काठमाडौं पुग्न लागेको छ। तिब्बतले दिएको खोप हिमालयन एयरलाइन्सले ल्याउन लागेको हो।
यो खोप ६० देखि ६५ वर्षसम्मका बृद्धबृद्धालाई लगाउने सरकारको तयारी रहेको छ।
प्रकाशित मिति: ०७:५१ बजे, मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











