Kathmandu Press

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ हुने

काठमाडौं, जेठ १८ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आज फेरि सुनुवाइ चल्ने भएको छ। संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको विषयमा विवाद उत्पन्न भएपछि सोमबार सुनुवाइ...
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ हुने

काठमाडौं, जेठ १८ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आज फेरि सुनुवाइ चल्ने भएको छ। 

संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको विषयमा विवाद उत्पन्न भएपछि सोमबार सुनुवाइ हुन सकेको थिएन। रिट निवेदक पक्षका कानून व्यवसायीले न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासमा बस्न नहुने तर्क गरेका थिए। जसले गर्दा सोमबार सुनुवाइ हुनसकेको थिए।

अझै पनि उनीहरू बस्ने कि नबस्ने भन्ने एकीन भएको छ। सोमबार त्यसमा आदेश दिने भनिए पनि टुंगो लागेको छैन। दुवै न्यायाधीशले आफूहरू इजलासबाट नहट्ने जनाउँ दिएका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास रहेको छ। जसमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरि कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गरेकी छिन्। यसका विरुद्ध १४६ जना सांसद र कानून व्यवसायीले ३० वटा रिट दर्ता गरेका छन्। 

ति सबै रिटमाथि जेठ १४ गतेदेखि संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ। आज पनि सुनुवाइ जारी रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ। 

प्रकाशित मिति: ०७:१० बजे, मंगलबार, जेठ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्