कोपा अमेरिका यो पटक पनि ब्राजिलमा हुने
काठमाडौं, जेठ १७ : कोपा अमेरिका फुटबल प्रतियोगिता यो पटक पनि ब्राजिलमा हुने भएको छ। दक्षिण अमेरिकी फुटबल कन्फेडेरेसन (कन्मेबोल)ले प्रतियोगिता सुरु हुन...
काठमाडौं, जेठ १७ : कोपा अमेरिका फुटबल प्रतियोगिता यो पटक पनि ब्राजिलमा हुने भएको छ। दक्षिण अमेरिकी फुटबल कन्फेडेरेसन (कन्मेबोल)ले प्रतियोगिता सुरु हुन १३ दिन मात्र बाँकी रहेको वअस्थामा ब्राजिललाई प्रतियोगिता आयोजनाको जिम्मा दिएको हो।
यसअघि प्रतियोगिता अर्जेन्टिना र कोलम्बियामा संयुक्त रुपमा आयोजना हुने तय थियो । सरकारविरोधी आन्दोलन चर्किएपछि कोलम्बियाले २ साताअघि नै प्रतियोगिता आयोजनाबाट हात झिकेको थियो ।
यस्तै, सोमबार बिहानमात्रै कोरोना महामरीका कारण अर्जेन्टिनामा कोपा अमेरिका हुन नसक्ने निष्कर्ष कन्मेबोलले निकालेको थियो। कोरोनाको दोस्रो लहर फैलिएपछि अर्जेन्टिनमा १ महिनाका लागि सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको छ।
प्रतियोगिता १३ जुनदेखि १० जुलाईसम्म आयोजना हुने छ। सन् २०१९मा पनि कोपा अमेरिका ब्राजिलमै आयोजना भएको थियो । उपाधि पनि ब्राजिलले नै जितेको थियो।











