Kathmandu Press

कानून व्यवसायी र पूर्व प्रधानयायाधीश बिरुद्ध प्रधानमन्त्री ओलीको कडा आलोचनामा

काठमाडौं, जेठ १७ : प्रधानमन्त्री केपी शर्मा ओली कानून व्यवसायी र पूर्व प्रधानयायाधीशहरु बिरुद्ध कडा आलोचनामा उत्रेका छन् ।उनले विपक्षी गठबन्धनसँग आबद्ध केहि...
कानून व्यवसायी र पूर्व प्रधानयायाधीश बिरुद्ध प्रधानमन्त्री ओलीको कडा आलोचनामा

काठमाडौं, जेठ १७ : प्रधानमन्त्री केपी शर्मा ओली कानून व्यवसायी र पूर्व प्रधानयायाधीशहरु बिरुद्ध कडा आलोचनामा उत्रेका छन् ।

उनले विपक्षी गठबन्धनसँग आबद्ध केहि बरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको आरोप लगाउँदै कडा आलोचनामा उत्रेका हुन् । एमाले सम्बद्ध युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइएको आरोप लगाए।

उनले भने, ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन् ? यो गम्भीर विषय हो । उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन् ।’

उनले पूर्व प्रधानन्यायाधीशहरूको वक्तव्यप्रति पनि आपत्ति जनाउँदै देशलाई पूर्वहरूको विषाक्त विचारबाट मुलुकलाई जोगाइने जिकिर गरे । यस्तै ओलीले नेता माधवकुमार नेपाल समूह पार्टीलाई कमजोर बनाउनका लागि जस्तोसुकै भूमिका खेल्न तयार भएको आरोप समेत लगाए। 
 

प्रकाशित मिति: १९:०४ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्