काठमाडौं उपत्यकामा थपिए २ हजार २६३ जना संक्रमित, देशभर निको हुनेको दर ७९.७ प्रतिशत

काठमाडौं, जेठ १७ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार २६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै देशभर पछिल्लो २४ घण्टामा थप ६ हजार ४९१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ । निको हुने दर ७९.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १८:२५ बजे, सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











