कोरोना अपडेट : ६४९१ जना संक्रमणमुक्त, ४७६२ नयाँ संक्रमित, ११४ को मृत्यु
पछिल्लो २४ घन्टामा कुल संक्रमितमध्ये काठमाडौंमा ८ सय ९०, भक्तपुरमा १ सय २१ र ललितपुरमा २ सय ५२ गरि उपत्यकामा मात्रै १ हजार २ सय ६३ जना संक्रमित थपिएका छन्।
काठमाडौं, जेठ १७ : पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ हजार ४ सय ९१ जना मुक्त भएका छन्।
त्यस्तै सोही अवधिमा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर कुल १७ हजार ४ सय ८० जनामा कोरोना परीक्षण गरिएको थियो।
सोही अवधिमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने १ सय १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा कुल संक्रमितमध्ये काठमाडौंमा ८ सय ९०, भक्तपुरमा १ सय २१ र ललितपुरमा २ सय ५२ गरि उपत्यकामा मात्रै १ हजार २ सय ६३ जना संक्रमित थपिएका छन्।
प्रकाशित मिति: १७:४३ बजे, सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार