Kathmandu Press

लुम्बिनीबाट राष्ट्रियसभामा विपक्षी गठबन्धनका दृगनारायण पाण्डेय विजयी

लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।
लुम्बिनीबाट राष्ट्रियसभामा विपक्षी गठबन्धनका दृगनारायण पाण्डेय विजयी

काठमाडौं, जेठ १७ : लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।

माओवादी केन्द्र, जसपाको उपेन्द्र–बाबुराम पक्ष, एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाको समेत समर्थन रहेका पाण्डेयले एमाले उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् ।

पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् । प्रदेशसभातर्फ एक र स्थानीय तहतर्फ दुई मत बदर भएका थिए ।

पाण्डेय केही समयअघि प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । खड्कालाई भने जसपाको महन्थ ठाकुर समूहको मात्र साथ थियो ।
 

प्रकाशित मिति: १६:२७ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्