आठ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपा सरकारमा सहभागी हुने
काठमाडौं, जेठ १७ : जनता समाजवादी पार्टी (जसपा) आठ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ।प्रधानमन्त्री केपी ओली तथा जनता समाजवादी...
काठमाडौं, जेठ १७ : जनता समाजवादी पार्टी (जसपा) आठ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ।
प्रधानमन्त्री केपी ओली तथा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष ठाकुर पक्षबीच आज (सोमबार) बिहान भएको साढे तीन घन्टाको वार्तामा त्यस्तो सहमति भएको बताइएको छ। मन्त्रिमण्डल विस्तार पनि एकदुई दिनमै गर्ने सहमति भएको जनाइएको छ।।
माओवादीबाट एमाले प्रवेश गरेका नेताहरूले सम्हाल्दै आएका र अहिले उनीहरूको मन्त्री पद गुमेपछि खाली रहेका मन्त्रालय नै जसपाले पाउने समझदारी भएको बालुवाटार स्रोतले जनाएको छ।
को-को कुन-कुन मन्त्रालयमा जाने भन्नेबारे निर्णय भइनसकेको जसपा स्रोतले जनाएको छ। ‘सरकारमा सहभागी हुने विषमा सहमति भइसके पनि को-को जाने भन्नेबारे छलफल हुन बाँकी छ,’ जसपा केन्द्रीय कार्यकारिणी समितिका एक सदस्यले बताए।
प्रकाशित मिति: १५:१४ बजे, सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











