राष्ट्रियसभा उपनिर्वाचनमा २९७ मत खस्यो, ३ जना अनुपस्थित, आजै मतपरिणाम आउने
दाङ, जेठ १७ : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा २ सय ९७ मत खसेको छ। सोमबार भएको मतदानमा तीनजना मतदाता अनुपस्थित...
दाङ, जेठ १७ : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा २ सय ९७ मत खसेको छ। सोमबार भएको मतदानमा तीनजना मतदाता अनुपस्थित रहे। त्यहाँ कुल मत संख्या ३ सय हो।
नेपालन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा सार्वजनिक रूपमा बहिष्कारको घोषणै मतदानमा सहभागी भएनन्। त्यस्तै नरैनापुर गाउँपालिका बाँकेका अध्यक्ष मोहम्मद इस्तियाक साह बिरामी भएर उपचारका भारत गएकाले मतदानमा सहभागी हुन नसकेको बताइएको छ।
गुल्मीको दरबार गाउँपालिका अध्यक्ष अशोक थापा पनि बिरामी भउर काठमाडौंमा उपचाररत रहेकाले मत हाल्न आउन सकेनन्। मतदानमा सहभागी नभएकाहरू सबै स्थानीय तहका हुन्। प्रदेश सभाका भने ८३ जना सदस्यले नै मत खसाले।
मतदानको समय सकिएको र साढे ३ बजेबाट मतगणनामा हुने निर्वाचन आयोगले जनाएको छ। मतपरिणाम आजै आउने बताइएको छ।
माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा गएपछि पद खाली भएको थियो।
त्यसपछि रिक्त पदमा एमालेबाट खड्का नै उम्मेदवार बनेका छन् भने कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेसका दृगनारायण पाण्डेय उम्मेदवार बनेका छन्।











