ओलम्पिकका दर्शकका लागि जपानले बनायो यस्ता नियम
टाेकियो, जेठ १७ : कोरोना महामारीबीच आगामी जुलाईमा हुने टाकियो ओलम्पिकमा सहभागी हुने दर्शकका लागि जापानले नयाँ नियम बनाएको छ ।नयाँ नियमअनुसार ओलम्पिकमा...
टाेकियो, जेठ १७ : कोरोना महामारीबीच आगामी जुलाईमा हुने टाकियो ओलम्पिकमा सहभागी हुने दर्शकका लागि जापानले नयाँ नियम बनाएको छ ।
नयाँ नियमअनुसार ओलम्पिक हेर्न रंगशाला उपस्थित हुने दर्शकलाई कोरोनाविरुद्धको खोप अनिर्वाय गरिएको छ। यस्तै, दर्शकले पिसिआर परिक्षण गरेर नेगेटिभ आएको रिपोर्ट पनि देखाउनु पर्ने छ। रिपोर्ट एक साताअघिको हुनु पर्ने छ।
कोरोना महामारीलाई मध्यनगर गर्दै ओलम्पिक आयोजक कमिटीले दर्शकलाई रंगशलाभित्र खानपिन गर्नमा प्रतिबन्ध लगाएको छ । यस्तै, एक अर्कासँग हात मिलाउन, मदिरा पिउन पनि प्रतिबन्ध लगाइएको छ ।
मैदानभित्र कुनै पनि टिम या खेलाडीको समर्थनमा हुटिङ र होहल्ला गर्न पाइने छैन । दर्शकका लागि मास्क अनिवार्य गरिएको छ भने स्वास्थ्य सर्वेक्षणका लागि दिइने फाराम पनि भर्नुपर्ने छ।
विदेशी दर्शकलाई प्रतिबन्ध लगाइएको टोकियो ओलम्पिमका कति घरेलु दर्शकलाई प्रवेश दिने भन्ने विषयमा अझै टुंगो लागेका छैन । टोकियो ओलम्कि २३ जुलाईबाट सुरु हुनेछ।











