Kathmandu Press

चीनबाट ल्याइने खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने

काठमाडाैं, जेठ १७ : चीनबाट ल्याउन लागिएको १० लाख डोज भेरोसेल खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने भएको छ। चीनले...
चीनबाट ल्याइने खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने

काठमाडाैं, जेठ १७ : चीनबाट ल्याउन लागिएको १० लाख डोज भेरोसेल खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने भएको छ। चीनले अनुदारनमा दिने १० लाख डोज खोज मंगलबार नेपाल आइपुग्ने छ।

पहिलो डोज लगाएका ५५ वर्षमाथि जेष्ठ नागरिकले अझै दोस्रो डोज लगाउन पाएका छैनन् । दोस्रो डोज लगाउन बाकीँ रहे पनि पहिलो डोज खोप जुन लगाएको छ, दोस्रोमा पनि त्यही खोप लगाउनुपर्ने भएकाले चीनबाट ल्याएको खोप खोप ५५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पहिलो चरणमा ५५ वर्षमाथि जेष्ठ नागरिकलाई कोभिशिल्ड खोप लगाइएको थियो।

५५–६५ उमेर समूहमा पनि मृत्युदरको विश्लेषण र खोपको उपलब्धतालाई आधार मानेर ५५ देखि ५९ र ६० देखि ६५ वर्षमध्ये कसलाई पहिले दिने भन्ने तय गर्न मन्त्रालयले जनाएको छ।  यस्तै, भेरोसेल खोप शिक्षक र सवारी चालकलाई पनि दिने तयारी मन्त्रालयको छ।

 

प्रकाशित मिति: १३:४७ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्