Kathmandu Press

लुम्बिनीमा जेठ १९ देखि बर्खे अधिवेशन 

लुम्बिनीमा जेठ १९ देखि बर्खे अधिवेशन 

बुटबल, जेठ १७ : लुम्बिनी प्रदेशसभामा जेठ १९ देखि बर्खे अधिवेशन हुने भएको छ।

प्रदेश मन्त्रिपरिषदको सिफारिसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ १९ गते अपराह्न १ बजेका अधिवेशन आह्वान गरेका हुन्। 

यसअघि विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैशाख ६ गतेका लागि विशेष अधिवेशन डाकिएको थियो।

तर उक्त अधिवेशन एउटा पनि बैठक नबसी अन्त्य भएको थियो।

प्रकाशित मिति: १३:४१ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्