Kathmandu Press

कोपा अमेरिका अर्जेन्टिनामा नहुने

काठमाडाैं, जेठ १७ : जुन १३ बाट अर्जेन्टिनामा आयोजना हुने भनिएको कोपा अमेरिका फुटबल प्रतियोगिता अर्जेन्टिनामा नहुने भएको छ । कोरोना भाइरसको दोस्रो...
कोपा अमेरिका अर्जेन्टिनामा नहुने

काठमाडाैं, जेठ १७ : जुन १३ बाट अर्जेन्टिनामा आयोजना हुने भनिएको कोपा अमेरिका फुटबल प्रतियोगिता अर्जेन्टिनामा नहुने भएको छ । कोरोना भाइरसको दोस्रो लहर व्यापक बनेपछि दक्षिण अमेरिकी फुटबल कन्फेडेरसन (कन्मेबोल)ले अर्जेन्टिनामा कोपा अमेरिका नगर्ने निर्णय गरेको हो।

कोरोना महामारी तिब्र बनेपछि अर्जेन्टिनमा अहिले सम्मपूर्ण फुटबल गतिविधि १ महिनाका लागि बन्द गरिएको छ। कोपा मेरिकाको आयोजकबाट अयसअघि नै कोलम्बिया बाहिरिसकेको थियो । सरकार विरोधी आन्दोलन चर्किएपछि कोलम्बियाले एक साताअघि सहआयोजबाट नाम फिर्ता लिएको थियो।

प्रतियोगिता सुरु हुन दुई साता मात्र बाँकी रहेको अवस्थामा प्रतियोगिता अर्जेन्टिनामा हुन नसकेपछि कोपा अमेरिकाका बारेमा थप अन्योल उत्पान्न भएको छ। प्रतियोगिता १३ जुन देखि १० जुलाईसम्म हुने तालिका छ।

कन्मेबोलले सदस्य राष्ट्रहरुसँग छलफल गरेर चाँडै प्रतियोगिताको आयोजक तोकिने बताएका छन् । प्रतियोगिता आयोजनाका लागि चिनी र अमेरिकासँग कुरा भइरहेको पनि बताइएको छ।

प्रकाशित मिति: १२:५० बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्