प्रदेश २ मा २४ जेठदेखि बजेट अधिवेशन
प्रदेश २ सरकारले २४ जेठदेखि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।
जनकपुरधाम, जेठ १७ : प्रदेश २ सरकारले २४ जेठदेखि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।
सोमबारको प्रदेश मन्त्रिपरिषद बैठकले चालु अधिवेशन अन्त्य गर्दै वर्षे अधिवेशनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवका अनुसार संवैधानिक व्यवस्थाअनुसार बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरिएको हो ।
संघीय सरकारले १५ जेठ र प्रदेशले १ असारमा आगामी आर्थिक वर्षका राजस्व तथा खर्चको विवरण सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
प्रकाशित मिति: १२:२१ बजे, सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











