Kathmandu Press

जेठ २० पछि निषेधाज्ञा खुकुलो हुँदै जाने

काठमाडौं, जेठ १७ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ २० पछि भने खुकुलो पारिने भएको छ। पछिल्लोपटक जेठ १४ गतेदेखि लागु हसने गरी...
जेठ २० पछि निषेधाज्ञा खुकुलो हुँदै जाने

काठमाडौं, जेठ १७ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ २० पछि भने खुकुलो पारिने भएको छ। पछिल्लोपटक जेठ १४ गतेदेखि लागु हसने गरी थपिएको निषेधाज्ञा निकै कडा पारिएको थियो।

कोरोना संक्रमण दर क्रमशः घट्दै गएको हुँदा सर्वसाधारणको सहजताका लागि निषेधाज्ञालाई खुकुलो बनाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिए।

‘अहिले तरकारी, दुध, मासु, ग्याँस र पानीका लागि मात्र निषेधाज्ञा खुकुलो बनाएका छौँ तर २० गतेपछि खाद्यान्न पसलका साथै अन्य केही क्षेत्र पनि खुकुलो बनाउने तयारीमा छौँ,’ प्रजिअ पराजुलीले काठमाडौं प्रेससँग भने, ‘खाद्यान्न पसलहरूलाई निश्चित समयावधि तोकेर खोल्न दिइनेछ।’

यस्तै खाद्यान्नबाहेक अन्य कुन–कुन क्षेत्र खुकुलो बनाउने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको उनले जानकारी दिए। सम्भवतः १९ गतेभित्रै काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको उपस्थितिमा बैठक बसेर निष्कर्ष निकाल्ने उनले बताए।

स्थिति अनुकुल हुँदे गए सबै क्षेत्रलाई बिस्तारै खुकुलो बनाउँदै लाने उनले बताए। ‘संक्रमण दर यसरी नै घट्दै गयो भने क्रमशः सबै क्षेत्रलाई खुकुलो बनाउँदै लाने हो,’ उनले भने।

प्रकाशित मिति: १२:२० बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्