Kathmandu Press

सरकारमा सहभागी हुने विषयमा छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटारमा

काठमाडौं, जेठ १७ :  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन्।जसपामा एकले...
सरकारमा सहभागी हुने विषयमा छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटारमा

काठमाडौं, जेठ १७ :  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन्।

जसपामा एकले अर्को पक्षमाथि कारवाहीको तयारी समेत भइरहेका बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धन बनाउनेबारे छलफल गर्न उनीहरु बालुवाटार पुगेका हुन् । 

अहिले प्रधानमन्त्री ओली र नेताहरू ठाकुर र महतोबीच छलफल भइरहेको छ। जसपालाई ८ मन्त्रालय दिने समझदारी यसअघि नै भइसकेको छ । ८ मन्त्री र दुई राज्यमन्त्री बन्ने गरि जसपाको ठाकुर पक्ष एमाले नेतृत्वको सरकारमा सहभागी हुने बताइएको छ।

नागरिकता अध्यादेश,मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ।

विघटित प्रतिनिधिसभाका ३२ सांसदमध्ये ठाकुरको पक्षमा २० जना उभिएका छन्।

प्रकाशित मिति: १०:३४ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्