Kathmandu Press

एमाले स्थायी समिति बैठक फेरि स्थगित

काठमाडौं, जेठ १७ : नेकपा (एमाले) स्थायी समिति बैठक फेरि स्थगित भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको स्थायी समिति बैठक स्थगित भएको हो।...
एमाले स्थायी समिति बैठक फेरि स्थगित

काठमाडौं, जेठ १७ : नेकपा (एमाले) स्थायी समिति बैठक फेरि स्थगित भएको छ। 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको स्थायी समिति बैठक स्थगित भएको हो। यसअघि आइतबार साँझ बोलाएको बैठक पनि स्थगित भएको थियो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक स्थगित गरिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए। अब मंगलबार बिहान ११ बजे बैठक बोलाइएको उनले जानकारी दिए। 

मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ। बैठकमा एमाले नेता घनश्याम भुसाललगायत १२ जनामाथि कारबाहीका विषयमा छलफल हुने जनाएको छ। 

यसअघि वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई साधारण सदस्यबाट निष्कासित गरिएको थियो। 

प्रकाशित मिति: ०८:५६ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्