Kathmandu Press

एमालेको स्थायी समिति बैठक बस्दै

काठमाडौं, जेठ १७ : सत्तारुढ नेकपा (एमाले)को स्थायी समिति बैठक आज बिहान बस्न लागेको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान १०...
एमालेको स्थायी समिति बैठक बस्दै

काठमाडौं, जेठ १७ : सत्तारुढ नेकपा (एमाले)को स्थायी समिति बैठक आज बिहान बस्न लागेको छ। 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान १० बजे स्थायी समिति बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

आजको स्थायी समिति बैठकमा नेता घनश्याम भुसालसहित १२ जनालाई कारबाही गर्ने विषयमा छलफल हुने जनाएको छ। उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो। उनीहरूले त्यसको जवाफ दिएका छैनन्। 

भुसालसहित १२ जना नेतालाई कारबाहीको निर्णय हुन सक्ने एक स्थायी समिति सदस्यले जानकारी दिए। यसअघि वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई साधारण सदस्यबाट पनि निष्कासित गरिएको थियो।

प्रकाशित मिति: ०७:१७ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्