चीनबाट खोप ल्याउन नेपाल एयरलाइन्सको विमान बेइजिङ जाँदै
काठमाडौं, जेठ १७ : चीनले अनुदानमा दिएको कोरोना भाइरस विरुद्धको खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज आज चीन जान लागेको हो। नेपाल एयरलाइन्सको विमान आज राति...
काठमाडौं, जेठ १७ : चीनले अनुदानमा दिएको कोरोना भाइरस विरुद्धको खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज आज चीन जान लागेको हो।
नेपाल एयरलाइन्सको विमान आज राति ११ बजे बेइजिङका लागि उड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। विमान भोलि नेपाल फर्किने जनाएको छ।
चीनले अनुदानमा नेपाललाई १० लाख डोज खोप दिएको छ। त्यसमध्ये आठ लाख डोज खोप लिन विमान बेइजिङ जान लागेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनपिङबीच भएको टेलिफोन वार्तापछि चिनियाँ राष्ट्रपतिले १० लाख डोज खोप दिने घोषणा गरेका थिए। त्यहि खोप ल्याउन लागिएको हो।
प्रकाशित मिति: ०७:०५ बजे, सोमबार, जेठ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











