Kathmandu Press

सहमतिमै पार्टी अलग गर्नुपर्ने बाबुरामको सुझाव

काठमाडौं, जेठ १७ : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमति मै पार्टी अलग गर्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा आफ्नो...
सहमतिमै पार्टी अलग गर्नुपर्ने बाबुरामको सुझाव

काठमाडौं, जेठ १७ : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमति मै पार्टी अलग गर्नुपर्ने बताएका छन्। 

उनले सामाजिक सञ्जालमा आफ्नो विचार लेख्दै सहमतिमै अलग हुनुपर्ने बताएका हुन्। उनले भनेका छन्, “हातमिलाएर आ–आफ्नो बाटो लागौं। हिडिरहे फेरि भेट हुनेछ।’

अहिले जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र महतोबीच विवाद चुलिएको छ। एकले अर्काका सदस्य तथा सांसदलाई आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका छन्। 

यस्तो बेला डा. भट्टराईले तानातान अन्त्य गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘मान्छे तानातान र किनबेचको तमासा नगरौं। भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊॅ।’

उनले अहिले नयाँ धु्रवीकरण गर्नुपर्ने बेला आएको पनि बताएका छन्। ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो,’ उनले भनेका छन्, ‘नयॉ निर्माण निम्ति पुरानो भत्कनै पर्छ। समयले नयॉ ध्रुवीकरण खोज्दै छ।’

 

प्रकाशित मिति: ०६:५९ बजे, सोमबार, जेठ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्