एमाले स्थायी कमिटी बैठक स्थगित, सोमबार १० बजे बस्ने
काठमाडौं, जेठ १६ : नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आतबार साँझ ५ बजेका लागि बैठक...
काठमाडौं, जेठ १६ : नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आतबार साँझ ५ बजेका लागि बैठक बोलाइएको बैठक स्थगित भएको हो ।
बैठक सोमबार बिहान १० बजे बस्ने गरी स्थगित गरेको हो । बैठकमा सरकारले अध्यादेशबाट ल्याएको बजेटको समीक्षा र देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारवाहीको प्रक्रिया अगाडी बढाउने तयारी भैरहेको छ ।
यस्तै कोभिड संक्रमणको विषय तथा आगामी रणनीतिको विषयमा पनि छलफल हुने जनाइएको छ । शिर्ष नेतृत्वको कार्यव्यस्तता र समय अभावका कारण बैठक स्थगन भएको हो ।
प्रकाशित मिति: १९:५८ बजे, आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











