Kathmandu Press

भोली हुने राष्ट्रिय सभा निर्वाचनमा जसपाका चार सांसदले पनि भोट हाल्न पाउने 

काठमाडौं, जेठ १६ : सोमबार (भोली) हुने लुम्बिनी प्रदेशमा एक जना राष्ट्रिय सभा सदस्यका लागि सोमबार हुन लागेको मतदानमा ४ जना मतदाता थपिएका...
भोली हुने राष्ट्रिय सभा निर्वाचनमा जसपाका चार सांसदले पनि भोट हाल्न पाउने 

काठमाडौं, जेठ १६ : सोमबार (भोली) हुने लुम्बिनी प्रदेशमा एक जना राष्ट्रिय सभा सदस्यका लागि सोमबार हुन लागेको मतदानमा ४ जना मतदाता थपिएका छन्।

मतदान हुनुभन्दा केहि घण्टा मात्र बाँकी रहँदा जनता समाजवादी पार्टीका चार सांसदले मतदान गर्न पाउने गरी अधिकार दिएको हो। निर्वाचन आयोगले आइतबार जनता समाजवादी पार्टीबाट मन्त्री बनेका ४ जना सांसदलाई पनि पूरक मतदाताको अधिकार दिएको हो ।

कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि निर्वाचन आयोगले यसअघि प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा ती सांसदको नाम राखिएको थिएन । निर्वाचन आयोगको अन्तिम मतदाता नामावलीमा प्रदेश सभा सदस्यमा ७९ जनाको मात्रै नाम रहेकोमा त्यसलाई थप गरी ८३ कायम गरिएको छ ।

यसअघि नाम नभएका, जसपाले कारबाही गरेका प्रदेशका मन्त्री कल्पना पाण्डे, सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीको नाम थपिएको हो  । सर्वोच्चले जेठ ३ मा उनीहरूलाई कारबाही गर्ने निर्णय जेठ १६ सम्मका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।

अर्घाखाँचीमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनलाई  पार्टीले कारबाही गरेर पदमुक्त भएपछि उनको ठाउँमा सोमबार उपनिर्वाचन हुन लागेको हो । 

प्रकाशित मिति: १९:२७ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्