नेपालमा कोरोनाबाट निको हुने दर ८९.२ प्रतिशत
काठमाडौं, जेठ १६ : नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार २०५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका...
काठमाडौं, जेठ १६ : नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार २०५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत संक्रमितहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । यो सहित देशभर संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४० हजार ९५५ पुगेको छ ।
निको हुने दर ८९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सोही अवधिमा कोरोनाले थप १०९ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १८:३८ बजे, आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











