Kathmandu Press

वैकल्पिक विधिबाट एसईई परीक्षा गर्नका लागि बोर्डले माग्यो मन्त्रालयसँग अनुमति

वैकल्पिक विधिबाट एसईई परीक्षा गर्नका लागि बोर्डले माग्यो मन्त्रालयसँग अनुमति

काठमाडौं, जेठ १६ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ।

कोभिड १९ संक्रमणको दर कम नभएकोले अहिलेकै अवस्थामा विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराएर परीक्षा लिन असम्भव देखिएकोले वैकल्पिक विधिबाट एसईई गर्नुपर्ने भन्दै वैकल्पिक विधिका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको हो ।

एसईई परीक्षा सञ्चालन सम्बन्धी सुझाव दिने समितिको प्रतिवेदनको आधारमा निर्णय गरी सरकारलाई अनुमति माग गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । शिक्षा मन्त्रालयले एसईईबारे कसरी गर्ने भन्ने निर्णय दिएपछि त्यसअनुसार अगाडि बढ्ने उनले बताए।

गत वैशाख २७ मा एसईई र कक्षा १२ को परीक्षा तत्काल नगर्ने गरी स्थगित गरिएको थियो। यसअघि एसईई जेठ १३ गतेदेखि र कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने तालिका थियो।

गत वर्ष पनि कोरोना महामारीका कारण एसईई आन्तरिक मूल्यांकनबाट गरिएको थियो भने कक्षा १२ को परीक्षा नै लिइएको थियो।

प्रकाशित मिति: १८:२३ बजे, आइतबार, जेठ १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्