बजेट जसरी पनि कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल
काठमाडौं, जेठ १६ : अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन भएरै छाड्ने दृढता व्यक्त गरेका छन्।शनिबार जारी बजेटबारे आज....jpg)
काठमाडौं, जेठ १६ : अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन भएरै छाड्ने दृढता व्यक्त गरेका छन्।
शनिबार जारी बजेटबारे आज (आइतबार) अर्थ मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्प गरेरै यो बजेट ल्याइएको दाबी गरे ।
‘यो बजेट केवल सुनाउनका लागि होइन, कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्न ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु,’ उनले भने ।
कोभिड-१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रित हुनुपर्ने भएकाले त्यससैअनुरूप बजेट आएको उनको भनाइ थियो।
‘कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौं,’ उनले भने। उनले बजेट कार्यान्वयन हुँदैन भनेर कसैलाई शंका नगर्न आग्रह गरे।
प्रकाशित मिति: १७:०० बजे, आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











